१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आजपनि देशभर मनसुन सक्रिय, प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने



काठमाडौं । आज सामान्यतया देशभर मनसुनको प्रभाव देखिएपनि प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशमा मनसुन सकिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर देशभर सामान्य देखि पूर्ण बदली भने कायम रहने छ ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मुख्यतया प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारीवर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

आज राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ भने प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुने जानकारी दिएको छ । आज राती पनि प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा हुने भन्दै सतर्क रहन भनिएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : १२ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत