७ आश्विन २०८३, बुधबार | September 23, 2026

भेरी अस्पतालमा बन्द अवस्थामा रहेको न्यूरो विभाग १ साता भित्र संचालनमा आउने



नेपालगन्ज । दरबन्दी भएर पनि मन्त्रालयले विषगत चिकित्सक नपठाएका कारण बन्द रहेको नेपालगन्ज स्थित भेरी अस्पतालको न्यूरो उपचार सेवा सुरु हुने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा लामो समयदेखि दरबन्दी अनुसार न्यूरो विभागका चिकित्सक नहुँदा सेवा बन्द अवस्थामा रहेको विभागमा मन्त्रालयले न्यूरोलोजिष्ट पठाउने भएपछि सेवा सुचारु गर्न थालिएको हो ।

भेरी अस्पतालका लागि मन्त्रालयले टिचिङबाट न्यूरो सर्जरी सकेर पास आउट भएका डा.हेमन्त कुमार शाहलाई अनिवार्य छात्रबृत्ती करार अन्तर्गत नेपालगन्जमा पदस्थापन गरेको छ । न्यूरो विभागका सम्बन्धित चिकित्सक आउने भएपछि एक हस्ता भित्रै सेवा संचालन गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

यसअघि न्यूरो सर्जन डा. हरि पौडेल २०७६ साल पुसमा पठाएपछि भेरीमा पहिलो पटक न्यूरो सेवा सुरु भएको थियो । तर डा. पौडेलको ११ महिना पुरा नहुँदै गत मंसिर महिनामा धनगढी सरुवा गरिएपछि न्यूरो सेवा बन्द भएको थियो ।

लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र सहित कर्णाली र सुदुरपश्चिमको रिफर अस्पतालकारुपमा सेवा दिईरहेको अस्पतालमा न्यूरो विभाग नहुँदा दुर्घटना हुँदा र अन्य विविध कारणले टाउकोमा चोटपटक लागेर उपचारका लागि नेपालगन्ज आउने बिरामीहरु निजी अस्पताल वा भारतको लखनउ जान बाध्य थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई