१९ असार २०८३, शुक्रबार | July 3, 2026

विपक्षी बेन्च खाली गरेर सांसदहरु सभाबाट निस्केपछि लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सम्पूर्ण प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेपछि आजको बैठक बस्न नसकी स्थगित भएको छ ।

बैठक प्रारम्भ भए लगत्तै प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटका बिषयमा छलपलमा भाग नलिने भन्दै बैठक बहिस्कारको घोषणा गरेपछि ३ः१५ बजे सम्मका लागि बैठक स्थगित भएको थियो । त्यसपछिको बैठक राख्ने प्रयासमा पनि विपक्षी गठबन्धनले बैठकमा भाग नलिने अडान कायम राखेपछि सूचना टाँस गरी असार ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सूचना टाँस गरी बैठक सारिएको जानकारी दिएका थिए ।

लुम्बिनी प्रदेशका विपक्षी गठकन्धनले अध्यादेशबाट बजेट आउन सक्ने सम्भावनालाई तार्दै प्रदेशसभामा बजेट प्रस्तुत गर्न दिएर बजेट माथिको छलफलमा भने अवरोध गरेका छन् । विपक्षी गठबन्धनको बहुमत भएको दाबी गरिरहेका दलहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन भने बाटो खोलिदिएका थिए । नीति तथा कार्यक्रम बहमतले पास भएपनि बजेटमा भने विपक्षीको अवरोध शुरु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : २३ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२