१८ माघ २०८२, आइतबार | February 1, 2026

देउवाले आज पनि केन्द्रीय सदस्यहरुलाई भेट्दै, महाधिवेशनमा सहयोगको याचना



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरुसँगको भेटघाटलाई निरन्तरता दिने भएका छन् ।

आगामी महाधिवेशनमा पुनः सभापतिमा उठ्न लागेका देउवाले आज तीन वटा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग भेट गर्न लागेका हुन् । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९सम्म हुने मिति तय भएको छ ।

गत शनिबारदेखि केन्द्रीय नेताहरुसँग भेटघाट गरिरहेका देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्नेछन् । सबै केन्द्रीय सदस्यहरुलाई देउवाले आफ्नो निवास बुढानिलकण्ठ बोलाएका छन् । भेटघाटमा देउवाले आफुलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

देउवाले आइतबा बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए । यस्तै शनिबार प्रदेश १ र २ का आफु निकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए। आफ्नो समुहबाट विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले समेत सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा दबाबमा परेका छन् ।

केन्द्रीय नेताहरुसँगको भेटमा देवाले अझै एक कार्यकाल पार्टीको नेतृत्व आफुले गर्ने बताउँदै सहयोगको आग्रह गरेका छन् । देउवाले आफु निकट सबै केन्द्रीय सदस्यहरुसँग छलफल गरेपछि उनीहरुको सुझावलाई समेत मनन गर्दै थप रणनीति बनाउन लागेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : २५ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक