७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

महोत्तरीमा निषेधाज्ञा एक साता थप



महोत्तरी । महोत्तरीमा कोभिड-१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ ।

आजदेखि लागू हुने गरी छैटौँपटक जारी निषेधाज्ञाको अवधि असार १५ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

पछिल्लोपटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसलहरु अब बिहानदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछन ।

त्यसैगरी निजी सवारी साधन सञ्चालनमा पनि छुट गरिएको छ । यसअघि अत्यावश्यक सामग्री बेच्ने पसल बिहान तीन घण्टामात्र सञ्चालन हुनसक्ने व्यवस्था थियो ।

थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन, भोजभतेर र सार्वजनिक भाडाका सवारी साधन चल्ने छैनन । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

जिल्लामा यसपालि गत वैशाख २२ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता क्रमशः पछिल्लो पटकसमेत छैटौँपटक निषेधाज्ञा अवधि थप गरिएको हो । यो थपिएको अवधिमा नेपाल-भारत आवतजावत पूर्ण बन्द रहने स्पष्ट पारिएको छ ।

जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड-१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । यो महाव्याधिले हालसम्म ८४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

यीमध्ये तीन जनाको यही असार महिनामा मृत्यु भएको हो । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म यो महामारीले १८ जनाको मृत्यु भएको थियो । यसपालि अहिलेसम्म दुई हजार ६२८ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन ।

अहिलेसम्म एक हजार ६१० जना निको भएका कार्यालयका कोभिड-१९ सङ्कट व्यवस्थापन स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिइन ।

जिल्लामा हाल १० जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन । अन्य ९२४ सङ्क्रमित घरमै स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा रहेका छन । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : ०२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल