५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाबाट कर्णालीमा अहिलेसम्म ३ सय जनाको मृत्यु



काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो ।

पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भए पछि मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो ।

प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको अद्यावधिक तथ्याङ्कनुसार २७ हजार ४२१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५८२ रहेको छ ।

स्वास्थ्य निर्देशक डा.रवीन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि सङ्क्रमण दर भने नघटेको बताए । “सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ”, उनले भने, “कोरोनाको दोस्रो लहरको शुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।”, सङ्क्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको