२६ बैशाख २०८१, बुधबार | May 9, 2024

नेपाल प्रहरीका ५२ एसपी र ५७ डिएसपीको सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार मंगरबार साँझ ५२ एसपी र ५७ जना डिएसपीको सरुवा गरिएको सूचना सार्वजानिक गरिएको छ ।

लुम्बिनी प्रदेशमा आकर्षक स्थान मानिने रुपन्देहीमा मनोजकुमार केसी र बाँकेमा श्यामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । एसपी केसी नेपाल प्रहरीको प्रधान कार्यालयको अन्वेषण तथा योजना कार्यालयमा कार्यरत थिए भने एसपी अधिकारी गौतम बुद्ध अन्तरराष्टिय विमान स्थल सुरक्षा भैरहवामा कार्यरत थिए ।

त्यस्तै, दानबहादुर कार्कीको कपिलवस्तु, दिनेश मैनालीको तनहुँ, नकुल पोखरेलको धनकुटा, पदमबहादुर विष्टको सुर्खेत, विश्व अधिकारीको कैलाली, मनोज यादवको पश्चिम नवलपरासी सरुवा भएको छ ।

एसपी महेन्द्रकुमार श्रेष्ठको इलाम र शिवकुमार श्रेष्ठको भक्तपुर सरुवा भएको छ ।

त्यस्तै बुटवल स्थित इलाका प्रहरी कार्यालयमा डीएसपी मनोज कुँवरलाई सरुवा गरिएको छ । उनी जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत थिए । नयाँ बानेश्वर बृत्तका दक्षकमार बस्नेतलाई सिन्धुपाल्चोक पठाईएको छ भने अमर बहादुर क्षेत्रीलाई कञ्चनपुरबाट अर्घाखाँची पठाईएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट डीएसपी प्रतित सिंह राठौरलाई केन्द्रीय विशेष कार्यदलमा सरुवा गरिएको छ । बाँकेका सुभास खड्कालाई उपत्यका ट्राफिकमा र बाँकेमा मधुसुदन न्यौपानेलाई सरुवा गरिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/0_SP.pdf”]

 

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/0_DSP.pdf”]

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : २५ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s