६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपाल प्रहरीका ५२ एसपी र ५७ डिएसपीको सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार मंगरबार साँझ ५२ एसपी र ५७ जना डिएसपीको सरुवा गरिएको सूचना सार्वजानिक गरिएको छ ।

लुम्बिनी प्रदेशमा आकर्षक स्थान मानिने रुपन्देहीमा मनोजकुमार केसी र बाँकेमा श्यामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । एसपी केसी नेपाल प्रहरीको प्रधान कार्यालयको अन्वेषण तथा योजना कार्यालयमा कार्यरत थिए भने एसपी अधिकारी गौतम बुद्ध अन्तरराष्टिय विमान स्थल सुरक्षा भैरहवामा कार्यरत थिए ।

त्यस्तै, दानबहादुर कार्कीको कपिलवस्तु, दिनेश मैनालीको तनहुँ, नकुल पोखरेलको धनकुटा, पदमबहादुर विष्टको सुर्खेत, विश्व अधिकारीको कैलाली, मनोज यादवको पश्चिम नवलपरासी सरुवा भएको छ ।

एसपी महेन्द्रकुमार श्रेष्ठको इलाम र शिवकुमार श्रेष्ठको भक्तपुर सरुवा भएको छ ।

त्यस्तै बुटवल स्थित इलाका प्रहरी कार्यालयमा डीएसपी मनोज कुँवरलाई सरुवा गरिएको छ । उनी जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत थिए । नयाँ बानेश्वर बृत्तका दक्षकमार बस्नेतलाई सिन्धुपाल्चोक पठाईएको छ भने अमर बहादुर क्षेत्रीलाई कञ्चनपुरबाट अर्घाखाँची पठाईएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट डीएसपी प्रतित सिंह राठौरलाई केन्द्रीय विशेष कार्यदलमा सरुवा गरिएको छ । बाँकेका सुभास खड्कालाई उपत्यका ट्राफिकमा र बाँकेमा मधुसुदन न्यौपानेलाई सरुवा गरिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/0_SP.pdf”]

 

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/0_DSP.pdf”]

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : २५ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क