२९ बैशाख २०८१, शनिबार | May 11, 2024

आजको मौसम : देशभर आंशिकदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम बिहीबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा समेत रहेको छ ।

अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भाग र बागमती प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ८ : २६ बजे

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै

उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी बजेट ल्याउन व्यवसायीले केपी ओली गुहारे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई