२३ माघ २०८२, शुक्रबार | February 6, 2026

राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

आगामी असार १७ गते अपरान्ह ४ बजे बस्ने गरी राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । १० गते बसेको मन्त्रिपषिद्को सिफारिस अनुसार अधिवेशन आह्वन गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

संविधानमा संघीय संसदको अधिवेशन अघिल्लो अधिवेशन सकिएको ६ महिना भित्र बोलाउनै पर्ने प्रावधान छ । राष्ट्रियसभाको अघिल्लो अधिवेशन पुष २५ गते सकिएको थियो ।

पहिलो पटक प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेअनुसार राष्ट्रपतिले पुष १७ गते अधिवेशन बोलाएकी थिइन । तर, ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध राष्ट्रियसभाका अधिकांश सांसदहरुले बैठकमा प्रश्न उठाउन थालेपछि एक साताभित्रै सो अधिवेशनको हठात अन्त्य गरिएको थियो ।

अहिले पनि अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रियसभाको अधिवेशन बोलाउन सरकार बाध्य भएको हो । यो अधिवेशन एक साता बढी चल्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ३६ बजे

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय

बैतडी बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो

बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या