२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कांग्रेस १४ औं महाधिवेशन : समीकरण बनाउदै नेताहरु



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट-उपगुटको क्रियाशील बढ्न थालेको छ ।

महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ ।

पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोरिने घोषणा गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू गुट-उपगुटको चियाचमेनामा क्रियाशील हुन थालेका हुन् ।

सभापति देउवाको यसअघिको समूहबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी बार्गेनिङका रूपमा मात्रै हो भन्नेहरू पनि छन् ।

यो अवस्थामा निधिबाहेक देउवाले आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधि बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला तल नझर्ने विश्लेषण भीमसेनदास प्रधानको छ । उनी अघिल्लो महाधिवेशनमा पहिलो चरणमा कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा देउवा नेतृत्वलाई सभापति बनाउनेमा पर्छन् । ऐतिहासिक ‘लिगेसी’ जोडिएका तीन जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा पनि बढ्न थालेको छ ।

बीपी कोइरालाका पुत्र महामन्त्री डा.शशाङ्क कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबीच शुक्रबार कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो । यसअघि निधिको निवासमा यसै साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ४६ बजे

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह