१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले महामारीका कारण रोकिएका सबै परीक्षा यस वर्ष नै सञ्चालन गर्ने तयारी थालेको छ ।

कोरोना भाइरसक परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यथाशक्य सञ्चालन गरी क्यालेन्डर मिलाउने तयारी थालेको हो ।

गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । सम्भव भएसम्म भोतिक रुपमै नत्र अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गरेर भए पनि क्यालेन्डर व्यवस्थापन गरिने उनले बताए ।

त्रिविको गत वर्ष भदौमा हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा हालसम्म पनि हुन सकेको छैन । पनिकाले स्नातक तह दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गतेदेखि र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि सुरु गर्ने गरी तालिकासमेत सर्वाजनिक गरेको छ । त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका छ ।

दशैंअघि २०७७ सालका परीक्षा सम्पन्न गरी दशैँपछाडि २०७८ सालका परीक्षा सुरु गर्ने तयारी पनिकाको छ । दशैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार र दशैँपछाडिको परीक्षामा करिब छ लाख परीक्षार्थी सहभागी हुने विश्वविद्यालयले जनाएको छ ।

पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षाकेन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए । योसँगै त्रिविको परीक्षा दिनकै लागि काठमाडौं आउने बाध्यतासमेत हटेको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ५२ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत