२५ चैत्र २०८२, बुधबार | April 8, 2026

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते



काठमाडौं । नेकपा एमालेले दशौं महिधिवेशन आयोजक कमिटीको बैठक यही असार १६ गते डाक्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले यही असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको अवस्थाबारे छलफल गरेर थप निर्णय लिन दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको बताइएको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले काठमाडौंमा महाधिवेशन आयोजक कमिटी बैठक बस्ने निर्णय भएको जानकारी दिए ।

ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक आयाम, पार्टीको आन्तरिक जीवन र प्राकृतिक विपत्ति लगायतका विषयमा छलफल भएको जानकारी दिए छ । उनले भने, ‘एमालेको नवौं स्थायी कमिटी बैठक भर्खरै सकियो । बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति र राजनीनिक आयामका विषयमा संक्षिप्त तर गहन छलफल गरियो।’

प्रवक्ता ज्ञवालीले पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ जानकारी दिए ।

सर्वोच्च अदालतले भने एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अन्तरिम फैसला गरेको छ । फ्लोर क्रस गरेर दलको ह्वीप उल्लंघन गरेको आरोपमा पार्टी र सांसद पदबाट निस्काशनमा परेका कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिइने फैसला गरेको थियो । सो फैसला विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली भ्याकेटमा गएका छन् ।

प्रवक्ता ज्ञवालीले जेठ २७ गते सर्वोच्च अदालतले गरेको आदेश गम्भीर र त्रुटिपूर्ण हो भन्ने पार्टीको निष्कर्ष रहेको बताए । ज्ञवालीले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बारेमा उल्लेख छ। यो दलहरुको नितान्त आन्तरिक विषय हो। त्यसलाई बदर गराउनका लागि हामी भ्याकेटमा पनि गइसकेका छौँ’ । हामी कानूनी प्रतिवाद गछौं ।’

ज्ञवालीले अदालतको आदेश आइसकेपछि त्यसलाई मान्नु हाम्रो बाध्यता भएपनि त्यो अन्तिम समयसम्म नटिक्ने दाबी गरे । उनले भने, ‘अदालतको आदेश मान्नु कर्तव्य हो। त्यसलाई मानेर नै चल्छौँ। तर हामीलाई पूर्ण विश्वास छ। यस्तो कानुनभन्दा बाहिर गरिएको आदेश अन्तिम समयसम्म टिक्नेछैन ।’,

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : १८ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना