२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

तेस्रो राष्ट्रिय वृक्षारोपण दिवस २०७८ : नवलपरासीकाे जर्गाहामा वृहत्तर वृक्षारोपण



बुटवल । राष्ट्रिय वृक्षारोपण दिवस २०७८ को अवसरमा लुम्बिनी प्रदेश सरकारले वृहत वृक्षारोपण कार्यक्रम गरि मनाएको छ ।

नवलपरासीकाे सुनवल नगरपालिका वडा नं ११, जर्गाहामा १ घण्टाको समयमा २० हजार वृक्षारोपण गरि दिवस मनाईएको हो ।

उद्योग वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा कोटहीदेबी सामुदायिक वन उपभोक्ता समितिको ब्यवस्थापनमा वृहत्तर वृक्षारोपण कार्यक्रम गरिएको हो ।

सामुदायिक वनको करीब अतिक्रमण भएको १५ हेक्टर क्षेत्रफललाई बृहत वृक्षारोपण गरि संरक्षण अघि बढाएको छ । जहा खयर, टिक, मसला, जाकाराण्डा, राजवृक्ष, कदम लगायत प्रजातिका बिरुवाहरु लगाईएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वृक्षारोपण गरि कार्यक्रमको उद्घाटन गर्दै प्रकृति संरक्षणमा मानव जातिको उत्तरदायित्व हुने बताए । जिवन बाच्ने सिकाउने गर्छ । प्रकृतिले हाम्रो सुरक्षा गर्छ । इको सिस्टमलाइ सुरक्षित राख्नुपर्ने मानव जातीको जिम्मेवारी भएको उनले बताए ।

स्वदेशमै काठजन्य पैदावर प्राप्त गर्न कठिनाई भैरहेको वर्तमान अवस्थालाई चिर्न जरुरी रहेको उनले बताए । विदेशबाट भित्र्याउनुपर्ने अवस्था अन्त्यका लागि प्रदेश सरकार निरन्तर लागेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले संघिय सरकारको अगुवाईमा शुरु भएको वृक्षारोपणलाई प्रदेशबाट साथ दिदै तेस्रो वर्ष मनाइएको बताए । जर्गाहा स्थित सामुदायिक वनको २९ हेक्टर क्षेत्रफल वनलाई तारबार गरि पहिलो चरणमा १५ हेक्टरमा वृक्षारोपण सुभारम्भ गरिएको बताईन ।

कार्यक्रममा पुर्वाधार मन्त्री सन्तोष पाण्डे, कृषि तथा मन्त्री विजय बहादुर यादव, पुर्वमन्त्री लिला गिरि, उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसी, प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी, सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापा, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले सामुहिक रुपमा वृक्षारोपण गरेका थिए ।

रुख रोपौ, वन जोगाऔ भन्ने नारासहित समूह संरक्षणको काम अघि बढाएको सामुदायिक वनका सामुदायिक वनका अध्यक्ष ईश्वरी प्रसाद जैसीले बताए। वृक्षारोपण गरिएका सम्पुर्ण बिरुवा संरक्षण गर्ने उनले प्रतिवद्घता जनाए । करिब ३ सय ७१ हेक्टरमा फैलिएको बनमा ७ सय ५० सदस्यहरु रहेका छन ।

यसैबिच मुख्यमन्त्री पोखरेलले वृक्षारोपण कार्यक्रममा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

 

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ५३ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०