१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

शान्ति सेनामा धेरै सैनिक पठाउनेमा नेपाल तेस्रो



काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

शान्ति सैनिक खटाएर योगदान पुर्‍याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा अहिले पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन ।

विश्वका १२२ राष्ट्रले राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङ्गोलगायत देशमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको संख्या १७६ रहेको छ ।

नेपालले सन् १९५८ देखि सैनिक पठाउन सुरु गरेको हो । विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पुर्‍याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ । नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ ।

हालसम्म शान्तिसेनामा गएका ६८ नेपाली सैनिकले ज्यान गुमाएका छन भने ६६ जना सैनिक गम्भीर घाइते भएका छन । रासस

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : २० बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत