८ माघ २०८२, बिहिबार | January 22, 2026

विभिन्न संवैधानिक निकायका २० पदाधिकारी नियुक्ति विरुद्ध सर्वोच्चमा पुनः रिट दायर



काठमाडौं । पछिल्लो पटक विभिन्न संवैधानिक आयोगमा नियुक्त २० पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

यही असार १० गते राष्ट्रपतिद्वारा नियुक्त भएका ती पदाधिकारीको नियुक्तिको बदर माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

संसदीय सुनुवाई विना नै संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरिनु संविधान विपरित भएको भन्दै त्रिपाठीले रिट बदरको माग गरेका छन् । रिटमा रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश माग गरिएको छ ।

अध्यादेशको भरमा चलाइएको संवैधानिक परिषद्का ३ जना मात्र पदाधिकारी बसेर गत बैशाख २६ गते लोकसेवा आयोगका अध्यक्ष र पदाधिकारीसहित अन्य संवैधानिक निकायका पदाधिकारी गरी २० जनालाई नियुक्ति सिफारिस भएको थियो । उनीहरुलाई ४५ दिन कटाएर संसदीय सुनुवाइविनै असार १० गते राष्ट्रपतिले नियुक्ति दिएकी थिइन ।

सर्वोच्च अदालतमा यसअघि गत पुषमै संवैधानिक परिषद कार्यसंचालन सम्बन्धी अध्यादेश विरुद्ध रिट परेको थियो । सो रिट हालसम्म पनि विचाराधीन अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : ५१ बजे

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न