१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी



एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन ।

अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन । तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिएका छन । तर त्यसपछि अफगानिस्तानको अवस्था झनै नाजुक हुने बताउँदै त्यहाँको नेतृत्व मुलुकलाई एकतावद्ध बनाउन असक्षम रहेको उनको भनाइ छ ।

हाल ३ सय ७० जिल्ला मध्ये ५० जिल्ला विद्रोहीको कब्जामा रहेका छन ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ७ : २१ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत