१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निषेधाज्ञाको अवज्ञा गर्न तम्सेका यातायात व्यवसायी र ट्रेड युनियनका नेताहरु ३ दिन पछि हटे



काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै १८ गतेबाट सार्वजानिक यातायात संचालन गर्ने घोषणा गरेका यातायात व्यवसायी र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरु ३ दिनका लागि पछि हटेका छन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीको संयोजनमा विहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकपछि व्यवसायी र ट्रेडयुनियनका नेताहरुले असार २१ गतेसम्म सरकारको निर्णय कुर्न सहमत भएका हुन् ।

असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिए लगत्तै नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरि सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फुर्त रुपमा असार १८ गते देखि देशव्यापी रुपमा सबै सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका थिए ।

व्यवसायी र मजदुर नेताहरुले चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका सरोकारवालासँग समय मागेका थिए । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरु तत्कालका लागि १८ गते देखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका उप महासचिव डेकनाथ गौतमले जानकारी दिए।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले केन्द्रीय कोभिड १९ संकट व्यवस्थापन समिति तथा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्न सीडीओले समय मागेकाले सहमती जनाएका हों ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको विहीबार ६३ दिन पुगिसकेको छ। २५ सिट भन्दा कम क्षमता भएका सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा तीनमा कार्यरत मजदुरले आफूहरुको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिट भन्दा धेरै सिट क्षमताका सवारी साधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गरेका छन् ।

बैठक लगत्तै विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघ र ३ वटा यातायात मजदुर संगठनका नेताहरुले ३ बुँदे सहमती भएको जनाएका छन् । विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पालना गरेर यातायात सञ्चालन गर्न सहमती जनाउँदै सीसीएमसीसँग अनुमती लिएर सहजिकरण गर्न बैठकमा निर्णय भएको जनाईएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ९ : ४२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना