१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

निषेधाज्ञाको अवज्ञा गर्न तम्सेका यातायात व्यवसायी र ट्रेड युनियनका नेताहरु ३ दिन पछि हटे



काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै १८ गतेबाट सार्वजानिक यातायात संचालन गर्ने घोषणा गरेका यातायात व्यवसायी र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरु ३ दिनका लागि पछि हटेका छन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीको संयोजनमा विहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकपछि व्यवसायी र ट्रेडयुनियनका नेताहरुले असार २१ गतेसम्म सरकारको निर्णय कुर्न सहमत भएका हुन् ।

असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिए लगत्तै नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरि सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फुर्त रुपमा असार १८ गते देखि देशव्यापी रुपमा सबै सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका थिए ।

व्यवसायी र मजदुर नेताहरुले चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका सरोकारवालासँग समय मागेका थिए । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरु तत्कालका लागि १८ गते देखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका उप महासचिव डेकनाथ गौतमले जानकारी दिए।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले केन्द्रीय कोभिड १९ संकट व्यवस्थापन समिति तथा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्न सीडीओले समय मागेकाले सहमती जनाएका हों ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको विहीबार ६३ दिन पुगिसकेको छ। २५ सिट भन्दा कम क्षमता भएका सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा तीनमा कार्यरत मजदुरले आफूहरुको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिट भन्दा धेरै सिट क्षमताका सवारी साधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गरेका छन् ।

बैठक लगत्तै विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघ र ३ वटा यातायात मजदुर संगठनका नेताहरुले ३ बुँदे सहमती भएको जनाएका छन् । विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पालना गरेर यातायात सञ्चालन गर्न सहमती जनाउँदै सीसीएमसीसँग अनुमती लिएर सहजिकरण गर्न बैठकमा निर्णय भएको जनाईएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ९ : ४२ बजे

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे