१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आजको मौसम : चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । मनसुनी गतिविधि सक्रिय भएर देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ । देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको हो ।

यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षा हुने क्रम शुक्रबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

शुक्रबार पनि देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने मौसमविदले जानकारी दिएका छन । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित भारी भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।

अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : १० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।