२५ चैत्र २०८२, बुधबार | April 9, 2026

केन्द्रीय कमिटी बैठक बस्ने अघिल्लो रात ओलीले फोन गरे नेपाललाई, बैठकमा उपस्थित हुन आग्रह



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललसँग टेलिफोन सम्वाद गरेकाछन् ।

दुई दिनअघि माधव नेपाल विरुद्ध चर्को व्यक्तिगत टिप्पणी गरेका ओलीले नेता नेपाललाई बिहीबार राति फोन गरी शुक्रबारको बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि दशौं महाधिवेशन आयोजक कमिटी विघटन भएको घोषणा गर्न बाध्य भएका अध्यक्ष ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ मा फर्काएको दाबी गरे पनि नेपाल पक्षले भने त्यसलाई अस्वीकार गरेको छ । नेपाल पक्षले ओलीले पार्टीलाई जेठ २, २०७५ मा नभै २०७७ फागुन २८ मा फर्काएको र त्यो धोखा भएको बताएको छ । नेपाल पक्षको बिहीबार बसेको स्थायी कमिटी बैठकले यथास्थितिमा आजको बैठकमा नजाने निर्णय गरेको थियो ।

दिउँसो नेपाल पक्षले शुक्रबारको बैठकमा अनुपस्थित हुने निर्णय गर्दै बैठक स्थगित गर्नै माग गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् । ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुराहरु राख्न आग्रह गरेको बताइएको छ ।

यसबीचमा ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा बसे पनि कुनै सहमति निस्किन सकेको छैन । नेपाल पक्षले अवैध महाधिवेशन आयोजक कमिटीले निर्धारण गरेको बैठकमा उपस्थित हुन नसक्ने स्पष्ट पारेको छ । उनीहरुले आजको केन्द्रीय कमिटी बैठक स्थगित गरेर निकास खोज्न ओली पक्षका नेताहरुलाई प्रस्ताव गरेका छन् । तर, ओली पक्षले त्यो मागलाई स्वीकार गरेको छैन ।

एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकका लागि

 

 

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ४६ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास