२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लुम्बिनी प्रदेश सरकारबाट जसपाकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले दिइन् राजीनामा



बुटवल । जनता समाजबादी पार्टीको यादव पक्षको समर्थन नरहेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाउन पुगेकी जसपा नेतृ सुमन शर्मा रायमाझी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री परित्याग गरेर पार्टीमा फर्किएकी छिन् ।

रायमाझीले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै मुख्यमन्त्री पोखरेललाई राजीनामा बुझाएर पार्टीमा फर्केकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा जनता समाजवादी पार्टी नेपालको शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नरहेको उल्लेख गरिकी छन् ।

जसपाको तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’ उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : ४९ बजे

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक