७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विश्वभर द्वन्द्व निम्तनुको प्रमुख कारक अमेरिका रहेको चीनको आरोप



बेइजिङ । चीनले विश्वभर द्वन्द्व निम्तनुको प्रमुख कारक अमेरिका रहेको आरोप लगाएको छ।

चीनका विदेशमन्त्री वाङ यीले शनिबार आफ्नो देश चीनलाई भने सबै देशको रक्षक र मित्रवत छिमेकीको संज्ञा दिँदै अफगानिस्तान, इरान लगायत विश्वका धेरै स्थानमा द्वन्द्व निम्तनुमा अमेरिका कारक रहेको बताएका हुन् ।

शनिबार राजधानी बेइजिङमा सिंवा युनिभर्सिटीले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सम्मेलनलाई सम्बोधन गर्दै वाङले विश्वका हरेक द्वन्द्वमा अमेरिकाको प्रत्यक्ष संलग्न देखिएको पनि बताए ।

वाङले अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको पनि आलोचना गर्दै इन्डो–प्यासिफिक रणनीति भित्र भद्दा शीतयुद्धको मानसिकता भएको उल्लेख गरे। ,‘इन्डो–प्यासिफिक रणनीतिको उद्देश्य भू–राजनीतिक संघर्षमा चीन विरोधी देशहरुको एउटा विशेष घेरा बनाउनु हो। वाङले भने, – ‘इतिहासमा पछाडि हिंडिरहेको छ जुन शीतयुद्ध मानसिकताको पुनरावृत्ति हो जसलाई रद्दीको टोकरीमा फ्याँक्नु आवश्यक छ।’

चीनलाई घेर्ने रणनीतिअनुसार अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेको इन्डो–प्यासिफिक रणनीतिलाई हाल जो बाइडेन प्रशासनले पनि चीनविरुद्ध सोही नीति लिएको देखिएको छ।

यद्यपी वाङले आजको चीन सयवर्ष अगाडिको चीन नभएको बताउँदै चीनको क्षमतालाई नजरअन्दाज नगर्न चेतावनी दिए।

बिहीबार मात्र चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीमा राष्ट्रपति सी चिनफिङले चीन अर्काले दबाउने शक्ति नभएको र मुखभरी जवाफ दिनसक्ने राष्ट्र भएको बताएका थिए। एससीएमपी

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : १० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी