१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

कोरोना संक्रमितको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा



कञ्चनपुर । महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् ।

बिरामीको उपचारमा सघाउ पुर्याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पीपीइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ ।

अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरुले कसरी काम गरेको भनेर कसैले नहेर्ने तर गुनासो र गाली मात्रै गर्ने गरेको तीतो यथार्थ सुनाउँछिन् । “पीपीई लगाएर काम गर्न कति ग्राहो हुन्छ । त्यो पनि १२/१२ घण्टासम्म”, उनले भनिन्, “बिरामीको चाप अस्पतालमा बढेका बेला दिनरात नभनी सेवा गरेका छौँ । हप्ता–हप्ता दिनसम्म घरपरिवारसँग भेट नगरी बिरामीकै सेवामा समर्पित भएर कार्य गरेका छौँ ।”

अस्पतालाले कोरोनाबारे शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममै नर्सको व्यवहार नराम्रो भएको गुनासो सुनेपछि एकाएक बीचमै रोकिँदै आँखाबाट झर्न थालेको आँशु पुछ्दै उनले भनिन्, “त्यसमा एक/दुई जनाले कहिलेकाहीँ नराम्रो बोल्छन् । त्यसलाई ठूलो बनाएर हेर्न त भएन ।” नर्सिङ अधिकृत विष्टको आँखामा आँशु आएपछि कार्यक्रममा सहभागी सबै भावुक देखिए । विष्टले आफूलाई सम्हाल्दै कोरोना बिरामीको उपचार गर्दा नर्सहरुको पीडा सुनाइन् । बिरामीको उपचार गर्दागर्दै नर्स बेहोस भएर ढलेकोसमेत उनले बताइन् ।

“नर्सिङ स्टाफ १२/१२ घण्टासम्म खटिए, ड्युटीमा बेहोससम्म भए । गाली र गुनासो त कुरै छैन”, उनले भनिन्, “त्यसबेला कसैले पनि तपाईँहरुले कसरी काम गरिरहनुभएको छ भनेर सोधेन । हामी पनि त मान्छे नै हो, बुझिदिनुहोला ।” नर्सिङ अधिकृत विष्टले उपचारका क्रममा प्रत्येक भेन्टिलेटरमा दुई नर्स खटिएको र बिरामीको नास्ता-खाना पुर्याउनसमेत आफूहरु व्यस्त हुनुपरेको बताइन् ।

नियतवश बिरामीको उपचारमा लापरवाही नहुने र कहिलेकाहीँ मानवीय कमजोरीका आधारमा हुने त्रुटिलाई देखाएर मनोबल खस्काउन नहुने नर्सिङ अधिकृत विष्टको भनाइ थियो । “गुनासो र गाली हामीलाई मात्रै गर्छन् । त्यो हामीले मात्रै पाउनुपर्ने होइन होला”, उनले भनिन् ।

कार्यक्रममा अस्पतालका चिकित्सक अर्जुन भट्टले नर्सको व्यवहार राम्रो नभएको भनेर गरिएको गुनासोले आफू मर्माहत भएको बताए । “महामारीमा ज्यानको पर्वाह नगरी खटिएका नर्सलाई आक्षेप लगाउने कार्य राम्रो होइन”, उनले भने, “यस्ता कुराले ‘हर्ट’ गर्छ ।” कोरोना महामारी बिरामीको उपचारमा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी गरी ८९ जना खटिएका थिए । उनीहरुमध्ये सबैभन्दा बढी ५२ नर्स बिरामीको उपचारका खटिएका छन् । रासस

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ०० बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति