२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मनसुन सुरु भएयता बाढीपहिरोमा परेर ४० को मृत्यु, २४ जना बेपत्ता



काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी यो वर्ष मनसुन सुरु भएयता (गतजेठ ३० गतेदेखि) शनिबार दिउँसोसम्म ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २१ पुरुष, १२ जना महिला तथा ७ जना बालबालिका रहेका छन ।

मृत्यु हुनेमध्ये सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा र गोरखामा ३-३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २-२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १-१ जना छन ।

बाढीपहिरो र डुबानमा परी सोहीअवधिमा ५१ जना घाइते भएका छन । तीमध्ये २७ पुरुष, १२ महिला तथा १२ बालबालिका रहेका छन । घाइते हुनेमा तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५-५ जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा ३-३ जना, जुम्ला र गोरखामा २-२ जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १-१ जना रहेका छन ।

सोही अवधिमा बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा १५ पुरुष, ६ महिलातथा ३ जना बालबालिका रहेका छन । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

पहिरो तथा बाढीको कारण अवरोध भएका विभिन्न स्थानका सडकसमेत सुचारु गराइएको छ । यसबीचमा बाढीको कारण ७ सय ९० वटा घर डुबानमा परेका छन् ३९ वटा पुल, ३ वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : १२ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ