१७ पुस २०८२, बिहिबार | January 1, 2026

उपत्यकामा २२ गतेदेखि सबै सवारी साधन संचालन हुने, जोरबिजोर प्रणाली हट्यो



काठमाडौं । काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली हटेको छ । अब सबै सार्वजनिक सवारी साधनहरु हरेक दिन निर्वाध चल्न पाउने भएका छन् ।

काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार २२ गते मंगलबारदेखि सबै सार्वजनिक र निजी सवारी साधानम लगाईंदै आएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यसरी सवारी साधान संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । यससँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सबै सवारी साधन समेत चल्न पाउनेछन् । यातायात व्यवसायीले २५ सिट क्षमताभन्दा बढीका गाडी मात्र चलाउन पाउने यसअघिको निर्णय खारेज नभएर २२ गतेदेखि आफै सबै गाडी संचालन गर्ने चेतावनी दिएका थिए । तर, लामो दूरीका सवारी साधन भने संचालन हुन पाउनेछैनन् ।

सीडिओ बैठकले २५ जनासम्म उपस्थित हुने गरी भौतिक रुपमा परीक्षा संचालन गर्न शैक्षिक संस्थाहरुलाई अनुमति दिएको छ । तर स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने अझै पनि बन्द नै हुनेछन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ४२ बजे

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको

सञ्चारमन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको