७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बुटवल उपमहानगरद्वारा विपन्न परिवारलाई बाख्रा वितरण, प्रतिपरिवार पाँचवटा बाख्रा र खोर बनाउन १५ हजार



बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरका विभिन्न वडाका विपन्न परिवारका लागि व्यवसायिक बाख्रापालनमा आकर्षित गर्न निशुल्क बाख्रा वितरण गरेको छ ।

विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रति परिवार पाँच वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रतिपरिवार १५ हजारका दरले उपलव्ध गराइएको हो ।

एक संक्षिप्त समारोहबीच विपन्न परिवारलाई बाख्रा वितरण गर्दै उपमहानगरका प्रमुख शिवराज सुवेदीले कृषिमा आकर्षण बढाउने, कृषिलाई व्यवसायिक बनाउन र साना साना कामबाटै उद्यमी बन्ने बाटो देखाउने उद्देश्यले यसप्रकारको कार्यक्रम गरिएको बताए ।

प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी तथा पशुपन्छी विकास शाखाका झविन्द्र बञ्जाडेले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई प्रति परिवार पाँच वटाका दरले बाख्राका माउ र पाठापाठी प्रदान गरेका थिए ।

उपमहानगरको चालु आवको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको सहकार्यमा साना किसानलाई बाख्रा पालन गर्ने र त्यसलाई व्यवसायिक बनाउन टेवा पुग्नुका साथै किसानमा हौसला बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।

प्रति परिवार पाँच वटाका दरले स्थानीय जातका बाख्रा उपलव्ध भएपछि बुटवल १३ की प्रेमकली गुरुङ, सोही वडाका धनबहादुर गुरुङ, कृष्णबहादुर थापा, धनमाया गुरुङ, कृष्णबहादुर विक, वडा नं। १६ का परशुराम थारु, धनमाया नेपाली, केशमाया जैशीलगायतलाई व्यवसायिक बाख्रा पालनका लागि भन्दै माउ र पाठापाठी वितरण गरिएको हो । निशुल्क बाख्रा र पालनका लागि खोर बनाउन समेत रकम पाएपछि औधी खुशी लागेको उल्लेख गर्दै बुटवल १३ का किसान मिलन थापाले व्यवासयिक रुपमा पालन गर्ने हौसला पाएको बताए ।

बाख्रा पालनका लागि खोर बनाउन किसानलाई प्रति परिवार १५ हजारका दरले समेत रकम प्रदान गरिएको थियो । विभिन्न वडामा गरिब तथा विपन्न परिवारको पहिचान गर्न टोलटोलमा हालै टोली समेत खटिएको थियो । सोही आधारमा पुन टोल विकास संस्थामार्फत विपन्न परिवार छनौट गरेर बाख्रा वितरणमा सामेल गराइएको उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए ।

बुटवलका वडा नं. १३, १६, १७ र १९ का अति १९ विपन्न समुदायका १९ घर परिवारलाई टोल विकास संस्था मार्फत छनौट गरेर आयआर्जनमा टेवा पु¥याउने र स्वरोजगार गराउने भन्दै बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक मधुकला कुवँरले बताए ।

त्यसअवसरमा नेकपा एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, नेता दिपक पन्थी, महिला अगुवा तथा कार्यक्रम संयोजक मधुकला कुवँर, टोल विकास संस्थाका अध्यक्ष मोहन गौडेल तथा सहजकर्ता लिला कुवँरलगायतले बाख्रा वितरणमा सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ४३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल