१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बुटवल उपमहानगरद्वारा विपन्न परिवारलाई बाख्रा वितरण, प्रतिपरिवार पाँचवटा बाख्रा र खोर बनाउन १५ हजार



बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरका विभिन्न वडाका विपन्न परिवारका लागि व्यवसायिक बाख्रापालनमा आकर्षित गर्न निशुल्क बाख्रा वितरण गरेको छ ।

विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रति परिवार पाँच वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रतिपरिवार १५ हजारका दरले उपलव्ध गराइएको हो ।

एक संक्षिप्त समारोहबीच विपन्न परिवारलाई बाख्रा वितरण गर्दै उपमहानगरका प्रमुख शिवराज सुवेदीले कृषिमा आकर्षण बढाउने, कृषिलाई व्यवसायिक बनाउन र साना साना कामबाटै उद्यमी बन्ने बाटो देखाउने उद्देश्यले यसप्रकारको कार्यक्रम गरिएको बताए ।

प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी तथा पशुपन्छी विकास शाखाका झविन्द्र बञ्जाडेले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई प्रति परिवार पाँच वटाका दरले बाख्राका माउ र पाठापाठी प्रदान गरेका थिए ।

उपमहानगरको चालु आवको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको सहकार्यमा साना किसानलाई बाख्रा पालन गर्ने र त्यसलाई व्यवसायिक बनाउन टेवा पुग्नुका साथै किसानमा हौसला बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।

प्रति परिवार पाँच वटाका दरले स्थानीय जातका बाख्रा उपलव्ध भएपछि बुटवल १३ की प्रेमकली गुरुङ, सोही वडाका धनबहादुर गुरुङ, कृष्णबहादुर थापा, धनमाया गुरुङ, कृष्णबहादुर विक, वडा नं। १६ का परशुराम थारु, धनमाया नेपाली, केशमाया जैशीलगायतलाई व्यवसायिक बाख्रा पालनका लागि भन्दै माउ र पाठापाठी वितरण गरिएको हो । निशुल्क बाख्रा र पालनका लागि खोर बनाउन समेत रकम पाएपछि औधी खुशी लागेको उल्लेख गर्दै बुटवल १३ का किसान मिलन थापाले व्यवासयिक रुपमा पालन गर्ने हौसला पाएको बताए ।

बाख्रा पालनका लागि खोर बनाउन किसानलाई प्रति परिवार १५ हजारका दरले समेत रकम प्रदान गरिएको थियो । विभिन्न वडामा गरिब तथा विपन्न परिवारको पहिचान गर्न टोलटोलमा हालै टोली समेत खटिएको थियो । सोही आधारमा पुन टोल विकास संस्थामार्फत विपन्न परिवार छनौट गरेर बाख्रा वितरणमा सामेल गराइएको उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए ।

बुटवलका वडा नं. १३, १६, १७ र १९ का अति १९ विपन्न समुदायका १९ घर परिवारलाई टोल विकास संस्था मार्फत छनौट गरेर आयआर्जनमा टेवा पु¥याउने र स्वरोजगार गराउने भन्दै बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक मधुकला कुवँरले बताए ।

त्यसअवसरमा नेकपा एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, नेता दिपक पन्थी, महिला अगुवा तथा कार्यक्रम संयोजक मधुकला कुवँर, टोल विकास संस्थाका अध्यक्ष मोहन गौडेल तथा सहजकर्ता लिला कुवँरलगायतले बाख्रा वितरणमा सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ४३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति