१ पुस २०८२, मंगलबार | December 16, 2025

पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको ज्यान गयो



बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको ज्यान गएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षका चित्रबहादुर खत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिएका छन् ।

(हिजो) आइतबारदेखि हराइरहेका वलीको शव (आज) सोमबार बिहान नेपाल भारत सिमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बिच भागमा सम्झना सामुदायिक वन भित्र क्षतविक्षत अवस्थामा फेला पारेको बि.ओ.पि.भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्ष भित्र १२ जनाको ज्यान गएको छ भने दुई वर्ष यता पाटेबाघबाट २१ र जंगली हात्तीबाट २ गरि २३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज