२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

गत असार १० गते पेट्रोल, डिजल र अन्तराष्ट्रिय उडानको हवाई ईन्धनमा मुल्य बढाएको निगमले आज राती १२ बजेबाट लागु हुने गरि फेरि पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर २(२ रुपैयाँ बढाएको हो । अव पेट्रोल १२९ तथा डिजल र मट्टितेल ११२ रुपैयाँमा उपभोक्ताले पाउने छन् ।

हवाई इन्धनमा पनि मुल्य बढेको छ । आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, तथा अन्तरराष्ट्रिय उडानमा प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याईएको छ ।

निगमले खाना पकाउने ग्यासको पनि मुल्य बढाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

अन्तरराष्ट्रिय बजारको अवस्थाका कारण निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ४३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ