६ बैशाख २०८१, बिहिबार | April 18, 2024

टाइब्रेकरमा स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश



काठमाडौं । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली युरोकप फुटबल २०२० को फाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डस्थित वेम्बली स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । जहाँ स्पेनलाई ४-२ ले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको छ । इटालीका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाए ।

तर, आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको किएजा र जोर्जिन्होले भने गोल गरे । पेनाल्टीमा स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

त्यस अगाडि पहिलो हाफमा निकै आक्रमक खेल खेलेको स्पेनले अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । ६० औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । सिरो इमोबिलको पासमा उनले गोल गरेका थिए ।

तर, ८० औं मिनेटमा स्पेन खेलमा फर्कियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड अल्भारो मोराटाले गोल गर्दै खेल १(१ को स्थितिमा ल्याएका थिए । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट ड्यानी ओल्मोले दिएको पासमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। योसँगै इटलीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ ।

फाइनलमा इटलीले डेनमार्क र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । यी दुई टोली दोस्रो सेमिफाइनलमा भोलि राति पौने १ बजे आमनेसामने हुनेछन्।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : १६ बजे

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर