२० बैशाख २०८१, बिहिबार | May 3, 2024

स्थगित परीक्षाफल असार महिनाभित्र प्रकाशित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ ।

विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरू गरिने जनाइएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए । स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गरेर मात्र परीक्षाको कार्यक्रम अगाडि बढाउने भएको छ ।

परीक्षा नियन्त्रक जोशीले पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको संक्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकोले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताए ।

विश्वविद्यालयले साउनमा स्नातक तहको परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ । भदौ महिनामा पनि परीक्षा सञ्चालन गर्ने योजना छ ।

उनले परीक्षामा देशभरका २ लाख ५० हजारभन्दा बढी विद्यार्थी भौतिक रूपमा उपस्थित हुने र यसले संक्रमण बढाउन सक्ने भएकोले पनि सरकारसँगको सरसल्लाहमा मात्र आफूहरू अघि बढ्ने बताए । सो केन्द्रसँग बुधवार विश्वविद्यालयको परीक्षा सञ्चालन र मापदण्डबारे छलफल गर्ने कार्यक्रम छ ।

त्रिभुवन विश्वविद्यालयले वैशाखमा खुलाउने भनेको स्नातकोत्तर तहको नयाँ भर्ना यसै हप्ता मात्रै खुलाएको छ । अनलाइन माध्यमबाट स्नातकोत्तर तहमा नयाँ भर्ना खोलिने भएको हो । थोरै विद्यार्थी भएको विभागमा भौतिक रूपमा समेत भर्नामा सहभागी हुन सकिने छ ।

विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम ३ महिनापछि धकेलिएको छ । यसअघि वैशाखमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने योजना बनाइएको थियो ।

यसैबीच त्रिविले विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई नियमित अनलाइन कक्षामा सहभागी भइदिन आग्रह गरेको छ । विगत लामो समयदेखि आफ्ना मागमा विश्वविद्यालयले चासो नदेखाएको भन्दै कक्षा बहिष्कार गर्ने चेतावनी दिएपछि विश्वविद्यालयले अनलाइन कक्षामा नियमित सहभागी हुन आंशिक शिक्षकलाई आग्रह गरेको हो । विश्वविद्यालयमा करीब १ हजार ५०० आंशिक शिक्षक कार्यरत छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ४८ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक