७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

दमकबाट सात लाख नगदसहित ११ जुवाडे पक्राउ



दमक । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ ।

दमक-८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले पक्राउ परेका साथबाट छ बुक ताससहित सात लाख ४५ हजार ५०० रुपैयाँ समेत बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक-१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक-२ का ४३ वर्षीय हर्क धिमाल, दमक-६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक-७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक-९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, दमक-८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक-७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली-६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ५६ बजे

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका