२२ बैशाख २०८१, शनिबार | May 4, 2024

भारततर्फ जान लागेका चार युवतीको उद्धार



कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ ।

शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।
पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताइन ।

अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ०२ बजे

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने