२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एमाले कार्यदलकाे बैठक सकियाे : एमाले विवाद सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुको दाबी



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज बसेको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ । बैठकमा सहभागी ओली नेपाल पक्षका कार्यदल सखस्यहरुले सहमतिको बिन्दु नजिकै पुगेको प्रतिक्रिया दिएपनि सहमतिको विषयहरु भने खुलाएका छैनन् । आज झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादका विन्दुहरु पलिल्याउँदै समाधानको उपाय निकालिएको कार्यदलका सदस्यहरुले दाबी गरेका छन् ।

बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिन्दै एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर शनिबार टुङ्ग्याईने जानकारी दिए । ‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । उनले भने, ( एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु ।’

कार्यदलका एक सदस्यहरुका अनुसार पार्टीको सांगठानिक संरचना २०७५ जेठ २ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् । यद्यपि दुबै पक्षले थप छलफल गरेर आउने भनिएको भन्दै सहमतिका विषय खुलाउन मानेनन् ।

कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताउँदै बाँकी विषयमा भोलि छलफल गरेर सहमति जुट्ने बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ०९ बजे

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे