२ कार्तिक २०८३, सोमबार | October 19, 2026

एमालेको विघटित कार्यदलका वार्ताकारहरुबीच अनौपचारिक छलफल



काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदल भंग भएपनि एमालेका दोस्रो तहका नेताहरुबीच पुनः छलफलमा जुटेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विघटित कार्यदलका सदस्यहरुले सिंहदरबारमा छलफल गरेका छन् ।

एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले कार्यदलले यसअघि तयार पारेको १० बुँदे समझारीलाई ग्रहण गर्दै ‘रचनात्मक’ रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

नेपाल पक्षधर कार्यदलका सदस्यहरुले बैठक स्थगित गरी सहमतिका आधारमा विधानसम्मत अर्को बैठक बोलाउन आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक नरोक्ने भन्दै अघि बढाएपछि उनीहरु बैठकस्थल छोडेर बाहिरिएका थिए ।

एमाले संसदीय दलको कार्यालयमा बसेका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा छलफल गरेका छन् । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई गद्दार घोषणा गरेका छन् । तर, कार्यदलका सदस्यहरु भने शीर्ष नेतृत्वको रिस थुम्थुम्याउने प्रयासमा रहेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त बन्न सघाएको एमालेको नेपाल पक्षले उनलाई विश्वासको मत समेत दिने बताइरहेको छ । संसद विघटनको विरुद्धमा रहेको सो पक्षले विश्वासको मत नदिए पुनः विघटन हुने भन्दै पुरा कार्यकाल संसद चल्नुपर्ने बताउँदै आएको छ । तर, एमालेले संस्थागत निर्णय गर्दै देउवालाई विश्वासको मत नदिन आफ्ना सबै सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ३० बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३