७ आश्विन २०८३, बुधबार | September 23, 2026

देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय, विवाद समाधान कार्यदल विघटन



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टी प्रतिपक्षमा पुगेपछि पहिलो पटक बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले पार्टीको निर्णय अनिवार्य मान्न आफ्ना सबै सांसदहरुलाई निर्देशन दिएको छ । ज्ञवालीले भने, ‘अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठन सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई पार्टीको निर्णय मान्न निर्देशन दिएको छ ।’ बैठकले अब संसदमा रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निभाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले पार्टीभित्रको विवाद मिलाउन गठित १० सदस्यीय कार्यदल विघटन गरेको छ । एमालेमा चलिरहेको विवाद समाधानका लागि गत जेठ २ मा गठित कार्यदलले असार २७ गते तयार पारेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरेर कार्यदल विघटन गरिएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकमा ओली पक्षका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । बैठक अघि कार्यदलमा नेपाल पक्षका सदस्यहरु बैठक रोक्ने अनुरोध गर्न अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए । ओलीले बैठक रोक्न अस्विकार गरेपछि उनीहरु बैठकमा सहभागी नभई फर्केका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ४९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई