८ चैत्र २०८२, आइतबार | March 22, 2026

घरेलु मदिरा खोज्दै नष्ट गर्दै अर्घाखाँची प्रहरी



अर्घाखाँची । स्थानीयतहका गाँउसभाबाट धमाधम् घरेले मदिरालाई ब्राण्डिङ गर्ने निर्णय पारित हुँदै गर्दा अर्घाखाँची प्रहरीलाई भने घररेले मदिरा नष्ट गर्न भ्याइनभ्याई भएको छ । सन्धिखर्क नगरपालिका क्षेत्रभित्रमात्र आज प्रहरीले ८ सय लिटर मदिरा र मदिराको कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम को सक्रियतामा अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत आजैमात्र सन्धिखर्क नगरपालिका १ का विभिन्न स्थानहरुमा प्रहरीले छापा मारेर रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयारी अवस्थामा रहेको अन्दाजी ७९५ लिटर बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त वडा एरियाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयारी अवस्थामा रहेको अन्दाजी ७९५ लिटर बरामद गरेको अर्घाखाँची प्हरी प्रमुख अमर बहादुर थापाले जानकारी दिए ।

बरामद भएको घरेलु मदिरा तथा कच्चा पदार्थलाई कार्यालयको परिसर भित्रै खाल्डो खनेर नष्ट गरेको नायव प्रहरी उपरिक्षक थापाले बताए ।

प्रहरी प्रमुखकारुपमा हालै सरुवा भएर अर्घाखाँची प्रहरीको कमाण्ड सम्हाल्न पुगेका थापाले जिल्लामा कानुन पालना गर्ने र गराउने कार्यमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : ०४ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।