२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

नेपाललाई चाहिएजति खोप उपलब्ध गराउन चीन तयार छ : चिनियाँ राजदूत यान्छी



काठमाडौं । चीनले नेपाललाई थप खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको आवश्यकता अनुसार खोप उपलब्ध गराउन चीन तयार रहेको बताएकी हुन् ।

चिनियाँ दूतावासद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले कोभिड १९ विरुद्धको नेपालको लडाईंमा चीनको सधैं साथ र सहयोग रहने प्रतिवद्धता जनाइन । राजदूत यान्छीले नेपाललाई चीनले १८ लाख डोज खोप सहयोग गरिसकेको र चीनबाटै थप ४० लाख डोज खोप नेपालले खरिद गरेको बताइन । खरिद गरिएको सबै खोपको मात्रा केही दिनभित्रै नेपाल आइपुग्ने जनाउँदै यान्छीले नेपालको आवश्यकता र मागअनुसार थप खोप र अन्य सहायता उपलब्ध गराउन चीन सधैं तयार रहेको जनाइन । राजदूत यान्छीले नेपालको खोप अभियानले छिट्टै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । उनले नेपाल र नेपाली जनतालाई सहयोग गर्न पाउँदा चिनियाँ जनता खुशी हुने बताइन् ।

राजदूत यान्छीले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभको महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै अन्तरहिमालय बहुआयामिक विकासले नेपाल र क्षेत्रकै उन्नती हुने बताइन् । नेपाल र चीनबीच कैयौं वर्षदेखि रहँदै आएको सुमधुर सम्बन्धको चर्चा गर्दै राजदूत यान्छीले दुईपक्षीय सहयोग र विकासमा दुवै मुलुक एकअर्काका सहयोगी बन्ने बताइन । नेपालले अन्तराष्ट्रिय मञ्चमा चीनको पक्षमा देखाउँदै आएको समर्थनप्रति यान्छीले आभार प्रकट गरिन ।

राजदूत यान्छीले नेपाल लगायत दक्षिण एशियाली मुलुकका राष्ट्रहरुको साझा समस्या समाधानका लागि मिलेर काम गर्न चीन तयार रहेको बताइन । चीनकै पहलमा सार्क राष्ट्रअन्तर्गतका पाँच देश नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानबीच सहकार्य र समन्वयको मोडालिटीबारे विदेशमन्त्री वाङ यीले आफै पहलकदमी लिएको राजदूत यान्छीले बताइन । कोरोना भाइरको महामारी र अन्य सबैखाले संकटको बेलामा समेत प्रयोग गर्नेगरी सिचुआन प्रान्तको छेन्दुमा आपतकालीन सहयोग केन्द्र स्थापना भएको उनले जानकारी दिइन ।

राजदूत यान्छीले चीनबाट निरपेक्ष गरिबी उन्मुलनको ऐतिहासिक घोषणा भएको बताउँदै नेपालको गरिबी निवारणका लागि चीनले सघाउने प्रतिवद्धता जनाइन ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ३५ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा