८ बैशाख २०८१, शनिबार | April 20, 2024

साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको परमादेश



काठमाडौं । प्रतिनिधि सभा विघटनका विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको छ ।

प्रतिनिधि सभा विघटनलाई बदर गर्दै अदालतले साउन ३ गते ५ बजेभित्र बैठक बोलाउन परमादेश जारी गरेको हो ।

प्रतिनिधि सभाको विशेष अधिवेशन गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो । तर, उनले विश्वासको मत पाएका थिएनन । सोही दिन संसद् अधिवेशन अन्त्य गरिएको थियो ।

सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ । देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ४७ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन