२० माघ २०८२, मंगलबार | February 3, 2026

झण्डै ११ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप



काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभीयान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता निर्धारण गरेको छ । आज मंगलबारदेखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ । भेरोसिल खोप लगाउने प्राथमिकतामा ५५ र त्यसमाथिका उमेर समूहका कोभिड-१९ विरुद्ध खोप लगाउन बाँकी नागरिक छन् । स्वास्थ्य सेवा विभाग महानिर्देशक डा। दीपेन्द्ररमण सिंहका अनुसार विश्वविद्यालयका प्राध्यापक र शिक्षकलाई भेरोसिल खोप लगाउने प्राथमिकतामा राखिएका छन् ।

त्यस्तै, सार्वजनिक यातायातका चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि भेरोसिल खोप लगाउने सरकारको योजना छ । खोप अनिवार्य देशमा जाने नागरिक पनि भेरोसिल खोपको सूचीमा छन् ।

त्यस्तै, ‘जेन्सन एडी २६ सिओभी टुएस’ खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूह कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई राखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपांगता ९‘क’ र ‘ख’ वर्ग०का नागरिक, शरणार्थीलाई जोन्सन एण्ड जोनसन खोपको प्राथमिकीकरण सूचीमा राखिएका छन् ।

यसअघिको अभियानमा खोप लगाउन छुट भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई पनि जोनसन एण्ड जोनसन खोप लगाइने मन्त्रालयले जनाएको छ । सो खोप हिजो सोमबारमात्रै आएकाले ‘कहिलेदेखि लगाउने भन्ने अझै निर्णय भइसकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल कोरोनाविरुद्ध दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकका लागि खोप व्यवस्थापन गर्न सरकार प्रयत्नरत रहेको बताउ“छन् । खोपका लागि अनलाइन दर्ता व्यवस्थासमेत गरिएको छ । सरकारको योजना कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप लगाउने छ । जसअन्तर्गत् हालसम्म १० लाख ७९ हजार १ सय ९२ जनाले पूर्ण खोप लगाएका छन् ।

सरकारले आगामि पुसभित्र आमनागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत जोनसोन एण्ड जोनसोन खोप र खरीद प्रक्रियामार्फत भेरोसिल खोप ल्याइएको हो ।

यसैबीच, सोमबार देशभर २ हजार ३ सय ७० कोरोना संक्रमित थपिएका छन् । सोमबार ७ हजार ६ सय ८९ पीसीआर र ३ हजार ८ सय ९५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

हालसम्म कुल संक्रमित संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । देशभर सोमबार १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ११ बजे

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका