१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अध्यक्ष ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीबाट बर्खास्त हुन पुगेका ओलीले पछिल्लो विकसित अवस्थाबारे पार्टीको आधिकारिक धारणा बनाउन स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

सर्वोच्चको फैसला लगत्तै एमालेको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । तर बैठकमा सबै नेताहरु उपस्थित नभएपछि त्यसलाई अनौपचारिक भनिएको थियो ।
बैठकमा पार्टीमा देखिएको विवाद समाधान गर्न गठित कार्यदलले तयार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने बताइएको छ ।

बैठकमा माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने बताइएको छ । नेपालले सोमबार मात्र विपक्षी गठनबन्धनमा अब नरहेने बताउँदै पार्टी एकताका लागि अगाडि बढ्ने बताएका थिए ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्नेछ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ३९ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना