२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक आज बस्ने



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

हिजो दिउँसो १ बजे बैठक बोलाइए पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २ बजे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम बनाएपछि बैठक स्थगित भएको थियो ।

सर्वोच्च अदालतको फैसलापछि सत्तारुढ दलबाट प्रमुख प्रतिपक्षी दलमा पुगेको एमालेले अबको रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

बैठकमा सर्वोच्च अदालतको फैसला र पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिमाथि छलफल हुने बताइएको छ । यद्यपी, सर्वोच्चको फैसलापछि अध्य ओली माधव नेपाल पक्षसँग थप रुष्ट भएका छन् । ओलीले प्रधानमन्त्री पद छोड्दाछोड्दै गरेको सम्बोधनमा सबैभन्दा चर्को आलोचना अदालतको निर्णयसँगसँगै नेपाल पक्षको गरेका थिए ।

सर्वोच्चको फैसला आउनु अगावै २३ सांसदको हस्ताक्षर मुद्दाबाट फिर्ता गराउन सके फैसला स्वतः प्रभावित हुने ओली र उनीपक्षको आंकलन थियो । तर, नेपाल पक्षले १० बुँदे सहमति गरेपछि हस्ताक्षर फिर्ता गर्न अस्वीकार गरेपछि ओलीको आक्रोश बढेको हो । कार्यदलले भने १० बुँदे सहमति ओली र नेपाल दुवैजनालाई बुझाइसकेको छ ।

स्थायी कमिटीको बैठकस्थल र समय भने तोकि सकिएको छैन । बिहान ११ बजे ओलीले प्रधानमन्त्री निवास बालुवाटार छोडेर निजी निवास भक्तपुर जाने कार्यक्रम रहेको छ । ओली बालकोट पुगेपछि अपरान्हतिर बैठक बस्न सक्ने एक नेताले बताएका छन् । बैठकमा नेपाल पक्ष सहभागी हुने या नहुनेबारे कुनै टुंगो लागेको छैन ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ३९ बजे

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले

बिस्का : नौ दिन आठ रात जात्रा

भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का