२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

प्रधानमन्त्री देउवाले भेटे एमाले वरिष्ठ नेता माधव नेपाललाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न उनको निवास कोटेश्वर पुगेका छन् ।

माधव नेपाल समुहका २३ सांसदको समर्थनबाटै प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले नेता नेपालसँग अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरेको बताइएको छ ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको फैसला जारी गरेपछि बसेको गठबन्धनको बैठकमा भने नेता नेपालले अब सँगै नरहने बताएका थिए । आफु पार्टी एकताको पक्षमा रहेको बताउँदै अब गठबन्धनबाट बाहिरिने बताएका नेता नेपाललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरिरहेका छन् । बुधबार निजी निवास बालकोट पुगेका ओलीले नेपाललाई गद्दार भएको घोषणा गर्दै उनलाई पार्टीमा कुनै स्थान नभएको बताएका थिए ।

देउवाले राष्ट्रपतिबाट सपथ लिए लगत्तै सबैभन्दा पहिलो बधाई पूर्वप्रधानमन्त्रीका हैसियतले नेपालले नै दिएका थिए । एकमहिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा रहेका प्रधानमन्त्री देउवाका लागि अहिलेको संसदभित्रको अंकगणित अनुसार नेपाल पक्षका कम्तिमा १५ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिनिधिसभाले पूर्णकार्यकाल जानुपर्छ भन्नेमा नेपाल पक्षका अधिकांश सांसदहरु रहेका छन् । नेपाल पक्षले समर्थन दिएन भने देउवाले संसदमा विश्वासको मत प्राप्त गर्न असंभव हुनेछ । त्यसपछि ६ महिनाभित्र अनिवार्य चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसैले प्रधानमन्त्री देउवाले प्रतिनिधिसभालाई बचाउनका लागि नेपालसँग समर्थन खोज्नका लागि भेट गरेको अर्थाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ३८ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा सुप कांग्रेसको आपत्ति

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले

कांग्रेस १५ औँ महाधिवेशन : मतदान दिउँसो १ बजेको लागि सर्‍याे

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका