८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानमन्त्री देउवाले भेटे एमाले वरिष्ठ नेता माधव नेपाललाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न उनको निवास कोटेश्वर पुगेका छन् ।

माधव नेपाल समुहका २३ सांसदको समर्थनबाटै प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले नेता नेपालसँग अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरेको बताइएको छ ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको फैसला जारी गरेपछि बसेको गठबन्धनको बैठकमा भने नेता नेपालले अब सँगै नरहने बताएका थिए । आफु पार्टी एकताको पक्षमा रहेको बताउँदै अब गठबन्धनबाट बाहिरिने बताएका नेता नेपाललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरिरहेका छन् । बुधबार निजी निवास बालकोट पुगेका ओलीले नेपाललाई गद्दार भएको घोषणा गर्दै उनलाई पार्टीमा कुनै स्थान नभएको बताएका थिए ।

देउवाले राष्ट्रपतिबाट सपथ लिए लगत्तै सबैभन्दा पहिलो बधाई पूर्वप्रधानमन्त्रीका हैसियतले नेपालले नै दिएका थिए । एकमहिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा रहेका प्रधानमन्त्री देउवाका लागि अहिलेको संसदभित्रको अंकगणित अनुसार नेपाल पक्षका कम्तिमा १५ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिनिधिसभाले पूर्णकार्यकाल जानुपर्छ भन्नेमा नेपाल पक्षका अधिकांश सांसदहरु रहेका छन् । नेपाल पक्षले समर्थन दिएन भने देउवाले संसदमा विश्वासको मत प्राप्त गर्न असंभव हुनेछ । त्यसपछि ६ महिनाभित्र अनिवार्य चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसैले प्रधानमन्त्री देउवाले प्रतिनिधिसभालाई बचाउनका लागि नेपालसँग समर्थन खोज्नका लागि भेट गरेको अर्थाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ३८ बजे

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ