२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

देउवाले नेपाललाई गरे प्रस्ताव – मिलेर अघि बढौं



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

अध्यक्ष नेपाल भेट्न पत्नी आरजु र मुख्य सचेतक रमेश लेखकसहित कोटेश्वर पुगेका देउवाले नेपालसँग विकसित घटनाक्रममा मिलेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।
जवाफमा नेपालले आफ्नो पार्टीको सचिवालय बैठक आजै बस्न लागेको जानकारी गराउँदै सोही बैठकमा प्रस्तावबारे छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि हिजोदेखि कांग्रेसले अन्य दलहरुलाई सहकार्यको प्रस्ताव गरिरहेको छ ।

नेपालसँगको भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर अध्यक्ष नेपालसँग कुरा गरिएको बताउँदै छलफल सकारात्मक रहेको बताए । उनले छलफललाई निरन्तरता दिने जनाए ।

यसअघि, अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार साँझ कोटेश्वर पुगेका थिए । नेपाल र ओलीबीच तीन वर्षपछि औपचारिक रुपमा भेट भएको थियो ।

कांग्रेसले रास्वाप, जसपा र राप्रपासँग पनि छलफललाई निरन्तरता दिइरहेको छ । प्रचण्डले आफुलाई धोका दिएको निस्कर्षमा पुगेका देउवाले नयाँ गठबन्धनको पक्षमा बहुमत पुर्याउन नदिने रणनीतिअनुसार अन्य दलहरुसँगको भेटघाट र प्रधानमन्त्रीसम्मको अफरलाई तिब्र बनाएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : २१ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका छिमेकी

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन