८ बैशाख २०८१, शनिबार | April 20, 2024

घट्यो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन चर्काउँदै गएपछि निगमले सामान्य दरमा मुल्य घटाइको हो । विद्यार्थिहरुसँग भएको वार्तामा सहमति भए अनुसार निगमले मुल्य घटाएको जनाएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलन गरिराखेका छन् । आज बेसेका नेपाल आयल निगमको सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
घटेको मुल्य अनुसार अव पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले बिश्वास लिएको छ,’निगमले विज्ञप्तिमा भनेको छ ,’आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने विश्वास छ ।’

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : १० बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा