७ आश्विन २०८३, बुधबार | September 23, 2026

संघीय संसद्को अधिवेशन साउन ३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस



काठमाडौं । संघीय संसदको अधिवेशन साउन ३ गते बस्ने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी अधिवेशन आह्वन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय भएको बताए ।

सर्वोच्च अदालतले यही असार २८ गते प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै साउन ३ गतेभित्र अधिवेशन आह्वान गर्न आदेश जारी गरेको थियो ।

अदालतको आदेशअनुसार सरकारले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

यसअघि प्रतिनिधिसभाको चालु वर्षे अधिवेशनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते मध्यरातमा भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेअुनसार राष्ट्रपतिले भंग गरेकी थिइन । सो कार्य असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेकै दिन असार २८ गते हतारहतार निवर्तमान प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठक अन्त्य गरेका थिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ३ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई