७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

२ लाख ८ हजार ९५ रुपैयाँ नगदसहित दमकबाट ११ जना जुवाडे पक्राउ



झापा । झापाको दमकबाट जुवाखेलिरहेको अवस्थामा प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २ लाख ८ हजार ९५ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरुलाई शुक्रबार साँझ ६ बजे दमक नगरपालिका ७, हाटखोलास्थित कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घरधनी ४० वर्षीय राईसहित गौरादह नगरपालिकाका ४२ वर्षीय दिनेश अधिकारी, ३८ वर्षीय ईन्दुकुमार राजवंशी, ३२ वर्षीय निर्मल थापा, ३४ वर्षीय अंकित कार्की, दमक नगरपालिकाका ४२ वर्षीय रामबहादुर धिमाल, ४० वर्षीय राजन दाहाल, ४४ वर्षीय गंगा पाठक, ३३ वर्षीय विजय सिंह, इटहरी उपमहानगरपालिकाका २६ वर्षीय मिलन राई र ३५ वर्षीय विक्रम गुरुङ रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ०० बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।