४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपालसँग छलफल गर्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो साढे १ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच विकसित राजनीतिक घटनाक्रम र सरकारको विषयमा छलफल भएको बताइएको छ ।

सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनर्स्थापना भएपछि भोलि संसदको दुवै सदनको बैठक बस्दैछ । सत्ता गठबन्धनको बलियो सारथी बनेको एमालेको नेपाल पक्षले सरकारलाई विश्वासको मत दिने जनाएको छ ।

दलहरुको संयुक्त संघर्षबाट प्राप्त संसदको बाँकी अवधिलाई जोगाउनका लागि नेपाल पक्षको मत अनिवार्य भएको छ । प्रचण्ड र नेपालबीच यस विषयमा समेत छलफल भएको बताइको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको