८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश-२ सरकारमा माओवादी पनि सहभागी, दुई मन्त्रीले लिए शपथ



जनकपुरधाम । । प्रदेश-२ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा माओवादी केन्द्रबाट शनिबार दुई जना मन्त्रीले शपथ लिएका हुन् । अब माओवादी केन्द्र प्रदेश २ मा आजदेखि सत्तारूढ दल बनेको छ ।

प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन् ।

साह महोत्तरी क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन् भने कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले उनीहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

शुक्रबार मात्र मुख्यमन्त्री राउतसमक्ष आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले राजीनामा बुझाएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ०३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले